मदिरा बनाउने कच्चा पदार्थ प्रहरीद्वारा नष्ट
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम
रंजन भण्डारी
महोत्तरी,कार्तिक ३० गते ।महोत्तरीको विभिन्न स्थानबाट दुई हजार लिटर भन्दा बढी रक्सी बनाउने कच्चा पदार्थ प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत गरिएको कार्यवाहिमा जलेश्वर न.पा. वार्ड नं. ४ का गौरी चौधरीको ४०० लिटर,जुगेश्वर चौधरीको ५०० लिटर,लालबाबु चौधरीको २०० लिटर ,बैजनाथ चौधरीको ३०० लिटर र दिनेश महतोको ४०० लिटर मदिरा बनाउन तयारी अवस्थामा राखेको कच्चा पदार्थ प्रहरी नायव निरिक्षकको कमाण्डमा खटिएको टोलीले नष्ट गरेको छ ।त्यसतै इलाका प्रहरी कार्यालय बलवाबाट खटिगएको प्रहरी टोलीले पडौल गाविस वडा नं. ३ का बिनोद साहको भटटीबाट ३५० लिटर रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।