काँग्रेस, एमालेले अगाडी सारेको साझा प्रस्ताब अस्वीकार गर्ने २२ दलीय मोर्चाको निर्णय
Advertise Here Book Now

prachanda  rolpa
 ऑनलाइन सिरहा डटकम , १ मंसिर । नेपाली काँग्रेस र एमाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेश गरेको प्रस्ताब २२ दलीय मोर्चाले अस्वीकार गरेको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको २२ दलीय मोर्चाको बैठकले काँग्रेस, एमालेले अगाडी बढाएको साझा प्रस्ताब अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले काँग्रेस, एमालेले संवाद समितिमा पेश गरेको साझा प्रस्ताबमा लचिलो नभए सहमति नहुने प्रष्ट पारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले काँग्रेस, एमालेले आफ्नो अडान छाडे सहमतिको प्रयास जारी रहने बताउनुभयो । बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीले कांग्रेस र एमालेले आफ्नो प्रस्तावलाई पारित गर्न सतप्रतिशत हस्ताक्षर संकलन गरेपनि साझा प्रस्ताबमा छलफल नहुने प्रष्ट पार्नुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्