प्रचण्ड र ओलीबीच भेटवार्ता
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम/

काठमाडौं, २२ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डले हिजो डाक्नुभएको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा ओली नजानुभएपछि आज उहाँहरूबीच भेटवार्ता भएको हो । संविधानका विवादित विषयमा खुलेर छलफल गर्न प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
संविधानका विवादित विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमै सहमति जुटाउनुपर्नेमा प्रचण्डले संयन्त्रको बैठक डाक्नुभएको भन्दै सत्तारूढ कांग्रेस र एमालेसम्बद्ध नेता बैठकमा गएनन् ।

