जनकपुरमा २२ दलको जनसभा आज
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम/ २२ कात्तिक ।एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज जनकपुरमा जनसभा गर्दैछ ।
जनकपुरधामको बारबिघामा हुने सभामा एमाओवादी अध्यक्ष प्रचण्ड, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।
सभालाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुले पनि सम्वोधन गर्दै हुनुहुन्छ । जनसभाअघि जनकपुरका विभिन्न क्षेत्रबाट ¥याली प्रदर्शनसमेत गर्दैछ । सभाको एबीसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ ।

