एमाओवादीले गर्दा देश द्वन्द्वमा धकेलियो : ओली सत्ता कब्जा गर्ने रणनीति असफल पार्ने उदघोष
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी संविधानसभालाई असफल पार्दै सत्ता कब्जा गर्ने रणनीतिमा लागेको दाबी गरेका छन् । उनले एमाओवादीको रणनीतिलाई सफल हुन नदिने पनि बताए ।
झापाको भद्रपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै ओलीले संविधान निर्माणमा एकीकृत नेकपा माओवादीले अवरोध हटाउन सत्ता पक्ष लागिपरेको जानकारी दिए ।
‘संविधानसभालाई असफल बनाएर सत्ता कब्जा गर्ने एमाओवादी रणनीतिलाई असफल बनाएर नेपाली जनताको चाहना समेट्ने नयाँ संविधान निर्माण गर्न काँग्रेस-एमाले प्रतिबद्ध छन्,’ ओलीले भने ।
एमाओवादी अध्यक्ष प्रचण्ड र संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले एमाओवादको विचार लादेर संविधानको मस्यौदा जनताका माझमा लान ढिलो गरेकोे ओलीले आरोप लगाए ।
‘संवाद समितिका सभापति देश र जनताको हुन नसक्नु दुर्भाग्य हो,’ ओलीले भने, ‘एमाओवादी नेतृत्व जनताको प्रतिनिधित्व बिर्सिएर सम्प्रदायको नेतृत्व गर्न खोज्दा देश द्वन्द्वतिर ढल्कियो ।’
लोकतन्त्र मान्छु भन्ने एमाओवादीले प्रक्रियालाई मान्दिन भनेर अलोकतान्त्रिक व्यवहार देखाएको ओलीले टिप्पणी गरे । उनले भने, ‘एमाओवादीको उद्दण्ड चरित्रले जनताको अधिकार सुरक्षित हुँदैन ।’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्