महिला हिसांमा महिलाकै संलग्नता बढी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकमरंजन भण्डारी
महोत्तरी, मंसिर १ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल पत्रकार महासंघ
महोत्तरीको सभाकक्षमा सोमवार समपन्न नेपाल मानव अधिकार वर्ष पुस्तक २०१५ का लागी
त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले मानव अधिकार सम्बन्धी घटनाहरुमा व्यक्ती,संघ संस्थापनि जानी नजानी संलग्न हुने
गरेका बताएका छन । कार्यक्रममा बोल्दै प्रजिअ फ्लेले हाम्रो समाजमा दाइजो माग्ने तरिका मात्र बदलेको छ दाइजोको चल्न अझै व्यापकरुपमै रहेको जनाएका छन ।सोहि कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक सौरभ राणाले घरमा बुहारी मात्र नभई छोरी पनि पिडित हुने गरेको बताएका छन । हाम्रो समाजमा महिलाहरुमाथी हुने विभिन्न किसिमको हिसांमा महिलाको लग्नताबढी हुने गरेको छ । जसको उदाहरणको रुपमा सासु बुहारी ,नन्द भाउजुको चर्चित हिसांत्मक घटनाहरुलाई लिन सकिने प्रहरी उपरिक्षक राणाले बताएका छन । त्यसतै सो कार्यक्रममा एमाले प्रतिनिधि बलविर प्रसाद गुप्ता,राज किशोर झा,रेखा झा लगायतका वक्ताहरुले मानव अधिकार र महिला हिसां सम्बन्धित विभिन्न घटना,कमि कमजोरी र सुधारका पक्षबारे प्रकाश पारेका छन । इन्सेक प्रतिनिधि अजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१५ का लागी त्रैमासिक समिक्षा कार्यक्रमको प्रतिवेदन सार्र्वजनिक र उदेश्य उपर अध्यक्ष साहले प्रकाश पारेका थिए ।

