दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
राम नारायण पंडित, सिरहा,२९ कार्तिक ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा प्रयागपुरमा मोटरसाइकल र ट्याक्टर शुक्रबार राती एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् । पश्चिमबाट पूर्व आईरहेको स.१ त. १६६९ नम्वरको ट्याक्टर र विपरित दिशाबाट गईरहेको ज. ५ प. ३९०३ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिंदा चन्द्रलालपुर–७ का सुरेश कुमार महतोको मृत्यु भएको छ भने मनोज कुमार महतो गम्भिर घाइते भएका छन् ।  घाइते महतोको अवस्था गम्भिर रहेको छ । उनको धरानस्थित वी.वि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । चोहर्वा बजारमा मृतक महतोले मोटरसाइकल वर्कशप चलाउँदै आएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्