समयमै संविधानका लागि भगवान बुद्धसँग राष्ट्रपतिको प्रार्थना
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २९ कात्तिक, भैरहवा । राष्ट्रपति डा रामवरण यादवले समयमै संविधान आओस् भनेर भगवान गौतम बुद्धसँग प्राथाना गरेका छन् ।
शनिबारदेखि लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका राष्ट्रपति डा. यादवले भने-‘दलका नेताहरुलाई भगवान गौतम बुद्धको आर्शिवादले सदवुद्धि दिइ संविधान निर्माणमा सहयोग पुगोस् ।’
उनले जनतालाई केन्द्रमा राखेर सबै जाति, धर्म समुदायको प्रतिनिधित्व हुने संविधान बनाउन दलहरुलाई आग्रह गरेका छन् ।
राष्टपति डा. यादवले विश्वव्यापी शान्ति स्थापनाको लागि बौद्ध दर्शलनाई व्यक्तिगत जीवनमा आत्मसाथ गर्नुपर्ने बताए । बौद्ध धर्म नभई दर्शन भएको भन्दै उनले शान्तिका लािग बौद्ध मार्ग अपनाउनु अनिवार्य भएको बताए ।
कार्यक्रममा उपप्रधान तथा संघीय मामिला तथा स्थानिय विकासमन्त्री प्रकाशमान सिंहले अन्तराष्ट्रिय बुद्ध सम्मेलन लुम्विनी आयोजना गरेर प्रचार प्रसार गर्न सहयोग पुगेको बताए ।
संस्कृतिमन्त्री दीपक चन्द्र अमात्यले नेपाल सास्कृतिक रुपमा धनी देश भए पनि प्रचार प्रसारको कमीका करण पर्यटक भित्र्याउन नसकेको बताए ।
कार्यक्रममा म्यानमारका मन्त्री उ सो उइनले बुद्ध धर्मलाई प्रोत्साहित र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।
मंसिर २ गते सम्म चल्ने सम्मलेनका लागि विश्वका ३० देशका चार सय बढी बौद्ध भिक्षुहरुको लुम्बिनीमा जमघट भएको छ ।

