राष्ट्रपतिको सुरक्षाका लागि लंगुर भाडामा
Advertise Here Book Now

langurकाठमाडौं, २९ कात्तिक ।
नेपालका धार्मिक स्थलमा मात्र होइन,भारतको मथुरामा पाइने बाँदरको पनि अजीवको सोख छ – अरुका सामान खोसिदिने । झन् मथुराका बाँदर त भक्तजनको चस्मा आँखैबाट होस् या खल्तीबाट नै किन नहोस्,खोस्न खप्पिस छन् ।
त्यही ठाउँमा १६ नोभेम्बरमा भारतीय राष्ट्रपति प्रणब मुखर्जी जाँदै छन् । र, त्यहाँको प्रशासनले एउटा अनौठो लाग्दो निर्णय गरेको छ –राष्ट्रपतिको सुरक्षा दिनेछन् ,त्यहाँका लंगुरले ।
प्रणब मुखर्जी वृन्दावनको चन्द्रोदय मन्दिरको शिलान्यासका लागि मथुरा जान लागेका हुन् । उनले त्यहाँको बिहारी मन्दिर पनि जाने कार्यक्रम बनाएपछि बाँदर नियन्त्रण गर्न प्रशासनले लंगुरको सहयोग लिने निर्णय गरेको हो । मथुराका बरिष्ठ प्रहरी अधिकारी मन्जिल सैनीले बताएका छन्,‘राष्ट्रपति जुन बाटो हिँड्नेछन,त्यही बाटोमा लंगुर तैनाथ गरिनेछन् ।’ सैनीका अनुसार राष्ट्रपतिको सुरक्षाका लागि खटाइने लंगुर भाडामा लिन लागिएको हो । लंगुरलाई प्रतिदिन एक हजार भाडा तिरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्