शाहरुखको ज्यान खतरामा....
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ४ /निर्माता–निर्देशक महेश भट्टमाथि हमला गर्ने सात अन्डरवल्र्डका मानिसहरुलाई पुलिसले लगातार सोधपुछ गरिरहेको छ । यो सोधपुछमा जुन खबर आएको छ त्यसले बलिउडमा तहल्का मच्चाएको छ ।

महेश भट्ट र उनका परिवार पछि खबर छ कि, अन्डरवल्र्डका डन रवि पुजारीको निशानामा बलिउडका सुपरस्टार शाहरुख खान पनि छन् । शाहरुख खान मात्र नभई उनका निकै मिल्ने साथी फराह खान पनि पुजारीको निशानामा परेको बताइएको छ । भर्खरै रवि पुजारीको समूहका १३ जना मानिसहरुलाई पक्राउ गरिसकेपछि मुम्बई क्राइम ब्रान्चले यो खुलासा गरेको हो । खुलासासँगै ती तीन बलिउड व्यक्तित्वको घर र अफिसमा सुरक्षा बढेको छ ।

यी सबै काण्डमार्फत रवि पुजारी बलिउड फिल्म उद्योगमा डर बसाएर पैसा उठाउने योजनामा भएको उक्त समूहको खुलासा छ ।

यस्तो घटनासँगै आफू चाँडै नै प्रख्यात हुनका लागि पुजारीले यस्तो सोचाई बनाएको बताइएको छ ।

उनीहरु भन्छन्, ‘भट्टमाथि गोली चलाउनका लागि पहिले १० नोभेम्बर तय गरिएको थियो । थुपै पटक असफल भएपछि १४ नोभेम्बरमा सारिएको थियो तर प्लान सफल हुन सकेन । ’

पुलिसले उनीहरुलाई तत्काल पक्राउ गरेको थियो ।

स्मरण रहोस्, योभन्दा पहिले पनि रवि पुजारीले शाहरुखलाई फोनमार्फत धम्काइसकेका छन् । सोनु सूद, मोरानी ब्रदर्श, बोमन इरानीलाई पनि अन्डरवल्र्डको धम्की पाइसकेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्