सत्तारुढ दल बहुमतीय खेलतिर : प्रचण्ड
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम, ४ मंसिर । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सरकारले सुकुम्बासी आयोगलाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको आरोप लगाउनुभएको छ ।
राजधानीमा आजबाट सुरु राष्ट्रिय भूमिहीन अधिकार मञ्चको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले १२ बुँदे विस्तृत शान्ति–सम्झौता र अन्तरिम संविधानको भावना र मर्मविपरीत सरकारले मनोमानी गरेको आरोप लगाउनुभयो ।
उहाँले सरकारले सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबास गोलमटोल गरेको र कार्यकर्ता भर्तीकेन्द्र बनाएको जिकिर गर्नुभयो ।
प्रचण्डले आपूmहरू १२ बुँदे शान्ति–सम्झौता र अन्तरिम संविधानको भावना र मर्मको दायरामा रहेर अघि बढेको तर सत्तारूढ दल त्यसको विपरीत गएर बहुमतीय खेलमा लागेको बताउनुभयो ।
नेपालमा २०४६ पछि अहिलेसम्म १२ पटक सुकुम्बासी आयोग बने पनि हालसम्म सुकुम्बासी समस्या समाधान हुन सकेको छैन ।

