सहमतिको मध्यमार्ग खोज्न तीन दलको शीर्ष घेरा तोडेर छलफल
Advertise Here Book Now

संख्या छाडेर जातिय पहिचानमा एमाओवादी वार्गेनिङ

सहमतिको मध्यमार्ग खोज्न तीन दलको शीर्ष घेरा तोडेर छलफलसहमतिको मध्यमार्ग खोज्न तीन दलको शीर्ष घेरा तोडेर छलफलऑनलाइन सिरहा डटकम २१ कात्तिक (ओएनएस) : सहमतिको मध्यमार्ग खोज्न प्रमुख दलहरु छलफलमा जुटेका छन् । आज तीनदलको शीर्ष घेराबाट निस्केर उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुँदैछ । समितिमा तीनदल वाहेक मधेसी मोर्चा र अन्यदलका तर्फबाट पनि सहभागि छन् । कांग्रेस एमालेले सात प्रदेशको प्रस्ताव ल्याएपछि प्रमुख दलबीच बढेको दूरी कम गर्न बिहीबार दुई पटक बैठक बसेको हो । बिहीबारको बैठकले निस्कर्ष दिन भने सकेन । एमाओवादी प्रस्तावमा आज बस्न लागको बैठकमा पेचिलो बन्दै गएको संघियताका मुद्दामा छलफल केन्द्रित हुनेछ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको राजनीतिक समितिको बैठक आज बस्ने तय तीन दलले गरेका छन् । बैठकमा राजनीतिक सहमति जुटाउने प्रयास जारी रहने नेताहरूले बताएका छन् । समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजगत्वमा बस्ने बैठकमा संघियताको मुद्दाका विषयमा विषेशगरि छलफल केन्द्रित हुनेछ । बैठक दिउँसो ४ बजेपछि बोलाइएको छ । संघियताको संख्यामा सहमति नजिक रहेका दलहरु पहिचानको मुद्दाका विषयमा विभाजित छन् ।
कांग्रेस एमालेले सात प्रदेश सहितको सहमतिको साझा प्रस्ताव पेश गरेपछि दलहरुबीचको धुव्रीकरण झन बढेको छ । राज्य पुनःसंरचनाबारे कांग्रेस एमालेको सात प्रदेशको खाकालाई संवाद समितिबाट संविधानसभामा लैजाने प्रस्ताव एमाओवादीले अस्वीकार गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्