भारतीय प्रधानमन्त्री मोदीको काठमाडौं उपत्यका बाहिरका भ्रमण रद्द
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , ७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं उपत्यका बाहिरका भ्रमण कार्यक्रमहरु रद्द भएका छन् ।
आन्तरिक व्यस्तताका कारण देखाउँदै काठमाडौं उपत्यका बाहिरका कार्यक्रमहरु रद्द भएको भारतीय विदेश मन्त्रालयले आधिाकारिक रुपमा पुष्टि गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले ट्वीटरमार्फत भ्रमण रद्द भएकौ औपचारिक जानकारी दिएका हुन् ।
मोदीले स्थलगत रुपमा जनकपुरबाट भ्रमणको तालिका तय भएको थियो । मोदी आउने खबरपछि जनकपुरबासी स्वागतका लागि तयारी गर्दै थिए ।
त्यस्तै, मोदीले गौतम बुद्ध जन्मस्थल लुम्बिनी र मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।
नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले नै भ्रमण रद्द भएको अभिव्यक्ति दिएपछि मोदीको उपत्यका बाहिरका भ्रमण अन्यौलता बढेको थियो ।

