जलेश्वर टुडे दैनिकको वार्षिकोत्सव समपन्न
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
रंजन भण्डारी

महोत्तरी,कार्तिक २१ गते । महोत्तरी जिल्लाबाट प्रकाशित तिन पत्रिका मध्येको एक जलेश्वर टुडेको वार्षिकोत्षव प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यमा नेपाल पत्रकार महासंघको सभाकक्षमा समपन्न भएको छ । जिल्लाको तेसा्रे पत्रिका भएपनि जलेश्वर नगरपालिकाको भने पहिलो पत्रिका भएको र एक वर्षकोे सानो अन्तरालमा आफ्नो नाम स्थापित गरिसकेको जलेश्वर टुडेले यसरी नै समा
जको सचेतक भएर सत्य तथ्य लेख्दै जाने विश्वास प्रमुख अतिथि प्रमुख प्रजिअ काफ्लेले गरेका छन  ।आफ्नो स्थापना काल देखि नै विभिन्न बाधा र व्यवधान पार गरि पाठकको मन जित्न पाएकोमा धेरै खुसी लागेको बताउदै प्रकाशक तथा सम्पादक पवन साहले आगामी दिनहरुमा पनि पाठकहरुको आशा अनुरुप नै निश्पक्ष समाचार प्रकाशित गर्दै जाने बताएका छन । सो वार्षिकोत्षव कार्यक्रममा जलेश्वर नगर पालिका प्रमुख सुजित कुमार कर्ण , नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष ईश्वरी पौडेल ,नेपाल पत्रकार महासंघका पुर्व सभापति हरि प्रसाद मण्डल, नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व अध्यक्ष तथा राससका महोत्तरी संवाददाता दशरथ भण्डारी , राससका गौशाला संवाददाता संजित मण्डल लगायतका वक्ताहरुले
आफ्नो मनतव्यका साथै शुभकामना व्यक्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्