पिकअप भ्यानको ठक्करले मोटरसाइकल चालकको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम लहान, मंसिर २ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पड्रियामा गएराति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.२ च ११५४ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको स २ प ९५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–७ का २५ वर्षीय मुना प्रधानको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ । सोही मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय रामविलाश यादव गम्भीर घाइते भएको र उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका प्रधानलाई लहानस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्