जाडो छल्न चौरीसहित बेसी झर्दै डोल्पालीहरु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम डोल्पा,मंसिर २ – डोल्पाको उत्तरी भेगमा बसोबास गर्ने लामा,भोटे,शेर्पालगायतका स्थानीयहरु बेसी झर्ने क्रम सुरु भएको छ । जाडो बढेपछि त्यसलाई छल्न बेसी झर्ने चलन अनुरुप उनीहरु यसरी बेसी झर्न थालेका हुन् । माथिल्लो डोल्पाका छार्का,तिन्जे,मुकोट,साल्दाङ,भिजेर,फोक्सुन्धोलगायत गाविसका बासिन्दाहरु जाडो छल्न लागि धमाधम बेसी झर्न थालेका हुन् । कार्तिक दोस्रो सातादेखि नै उच्च हिमपातका कारण चिसो बड्ने क्रम सुरु भएपछि त्यस क्षेत्रबाट बेसी झर्नेहरुको लर्को नै लागेको छ । छ महिनाको लागि अस्थायी गाँस, वासको ब्यबस्थासहित घरमा पालिएका याक,चौरी,घोडा,खच्चडलगायतका पशुचौपाय लिएर बेसी झरेपछि डोल्पाका उत्तरी भेग खाली भएको छ । उनीहरु त्रिपुराकोट,लिकु,पहाडा,दुनै,जुफाल लगायतका गाबिसहरुमा पाल टाँगेर बसेका छन् । यो समयमा भोटको जिम्मु ल्याएर मैकसंग साटासाटदेखि चौरी,भेडाका रौँहरुबाट राडि,पाखी, गलबन्दी,पटुका,गलैचालगायतका सामानहरु पनि बुन्ने र बिक्रिबितरण गर्ने फोक्सुन्धोकी स्थानियबासी मिक्मा केसीले बताइन् । 
