अज्ञात समुहद्धारा युबक अपहरित ।
Advertise Here Book Now

 ऑनलाइन सिरहा डटकम राम नारायण पंडित,सिरहा, कात्र्तिक ३० ।

सिरहामा एक व्यक्ति अपहरणमा परेका छन । सिरहाको लहान नगरपालिका ३ बस्ने ३५ वर्षीय गुरुदयाल महतो अपहरणमा परेको छ । महतोलाई सप्तरीको कडरबोना बजार नजिक रहेको पुलबाट अपहरण गरिएको परिवारले बताएका छन । आफ्नो निजी गाडी भाडामा लगाउनुको साथै उक्त गाडी समेत आफै चलाउदै आएका महतो शनिबार लहानबाट गाडीमा यात्रु लिएर इटहरी गएका थिए । ईटहरीबाट फर्केर घर आउने क्रममा शनिबार राती करिब ९ बजे देखि सम्पर्क विहीन भएको छ । महतोले चलाई रहेको गाडी बिच सडकमा रहेको अवस्थामा अर्का गाडीका चालकले देखेपछि महतोलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभए पछि उनको घरमा खबर गरेका थिए । घरमा खबर गरेपछि महतोको परिबारजनले प्रहरीलाई खबर गरेको उनका दाजु शिब दयालले बताए । दाजु शिवदयाल आफ्नो भाईको जीवन रक्षाको लागी पहल गरि दिन संचारकर्मी तथा अधिकारकर्मीहरुसंग आग्रह गरेका छन । यता, जिल्ला प्रहरी कार्यालय सप्तरी संग सिरहा प्रहरीले समन्बय गरेर महतोको खोजी जारी राखेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए ।




Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्