नागरिकतामा आमाको पहिचान खोजिँदै
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम
- मंसिर २ – नेपालको आगामी संविधानमा नागरिकताको अधिकारमा आमाको पहिचानलाई कायम गर्न दबावका लागि देशव्यापी अभियान संचालन गरिने भएको छ । महोत्तरी लगायतका १६ जिल्लामा मंसिर ५ गतेदेखि व्यापक दवाब मुलक कार्यक्रमहरु गरिने भएको हो ।
नागरिक समाजका युवा अधिकारकर्मीहरुको सञ्जालले नेपालको आगामी संविधानमा नागरिकताको अधिकारमा आमाको पहिचानलाई कायम गर्न दबावका लागि देशव्यापी अभियान संचालन गर्ने भएका छन । दबाबका लागि सञ्जालले टुँडिखेल वरिपरि ¥याली र हस्ताक्षर अभियान आयोजना गर्ने जनाएको छ । त्यसका लागि २१८० हस्ताक्षर संकलन गरेर नेपालको आगामी संविधानमा नागरिकताको अधिकारमा आमाको पहिचानलाई कायम गर्न दबावका लागि काठमाडौं जिल्लाबाट निर्वाचित सभासदहरुलाई हस्ताक्षर बुझाइने भएको छ ।
अभियानलाई अझ सफल बनाउन अर्कोे चरणमा मंसिर ५ गते देशका विभिन्न १६ जिल्लाहरु मोरङ, महोत्तरी, धादिङ, रौतहट, नवलपरासी, रुपन्देही, सल्यान, दाङ, सुर्खेत, बाँके, जाजरकोट, जुम्ला, बझाङ, डडेलधुरा, काठमाडौँ र मकवानपुरमा आयोजना गरिने युवा अधिकारकर्मीहरुको सञ्जालले जनाएको छ । सो अभियानलाई देशको ७५ वटै जिल्लामा पुर्याउने लक्ष्य सञ्जालको छ ।


