हवाई सेवा सुरु भएको चार दशक पछि बल्ल विमानस्थलमा कालोपत्रे गर्न सुरु
Advertise Here Book Now

departure
ऑनलाइन सिरहा डटकम /भोजपुर २ मंसिर । हवाई सेवा सुरु भएको चार दशक पुग्न लाग्दा जिल्लाको टक्सारमा रहेको विमानस्थलमा कालोपत्रे गर्न सुरु भएको छ । २०३५ सालदेखि नियमित उडान भर्दै आएको भोजपुर विमानस्थलमा कालोपत्रे सुरु भएपछि जिल्लावासी खुसी भएका छन् । भोजपुरको टक्सारमा रहेको विमानस्थल कालोपत्रे नहुादा कतिपय अवस्थामा विमान अवतरण हुन सकेको थिएन । विमानस्थलमा कालोपत्रे थालिएपछि सो समस्या समाधान हुने विश्वास गरिएको छ । भोजपुरका लागि मोरङको विराटनगर र काठमाडांैबाट सातामा दुई/दुईपटक उडान हुने गरेको छ । गत वर्षदेखि तारा एयरलाइन्सले काठमाडौं–भोजपुर–काठमाडांै उडान थालेको छ । उसले सातामा एक दिन उडान गर्दै आएको हो । तर, कच्ची धावनमार्गका कारण उडान प्रभावित हुादै आएको थियो । लामो समयदेखि धावनमार्ग स्तरोन्नतिको माग गर्दै आएका जिल्लावासी विमानस्थलको धावनमार्ग कालोपत्रे सुरुसागै खुसी देखिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्