माछा मार्ने क्रममा विवाद हुदा स्थानियद्घारा ३ प्रहरी घाइते प्रहरीले गरे पााच सेल ग्याासगन फायर प्रहरीमाथी ढुंगामुडा प्रहार गर्ने ९ जना पक्राउ
Advertise Here Book Now



ऑनलाइन सिरहा डटकम १६ कात्तिक ।
अरुण कुमार यादव राजविराज,
सप्तरीको बभनगामाकट्टी गाविस–३ स्थित तोपामा प्रहरी र स्थानीयबीच आज साझा झडप हुादा प्रहरीले ग्याासगनबाट ५ वटा सेल फायर गरेका छन् ।
स्थानिय पोखरीमा माछा मार्ने क्रममा  विवाद हुदा  उग्र रुप लिएपछि भिंड नियन्त्रण गर्न प्रहरीले पााच सेल ग्याासगन फायर गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले स्थिती नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट पुगेको प्रहरी टोलीले नौ जना स्थानीयलाई पक्राउ गरेको छ । स्थानियको  ढुंगामुडाबाट तीनजना प्रहरी कर्मचारी सामान्य घाईते भएको जनाएको छ । स्थानीय धुतर मण्डल र निजका छोरा देबनारायण मण्डलले आज पोखरीको माछा मार्ने क्रममा कपिलदेब मण्डल, जामुन मण्डल, राजकुमार मण्डल, बिनोद मण्डल, शंकर मण्डललगायतकाले रोकेपछि दुई पक्षबीच विवाद भई झडप भएको थियो । यसै बिच इलाका प्रहरी कार्यालय हनुमानगरका प्रहरी.नायव निरीक्षक सरेन्द्र खेरवारको  कमाण्डमा गएको प्रहरी  टोली माथि स्थानियले प्रहरी माथि ढुंगामुडा प्रहार  गर्ने ९ जनालाई प्रहरीले  पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्