हिन्दूवादी र प्रहरीबीच शान्तिबाटीकामा झडपको स्थिति
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम , १६ कात्तिक । सनातन हिन्दू राष्ट्र नेपालको माग गर्दै हिन्दूधर्मका गुरुहरु फेरि अनसनमा बस्न खोजेपछि काठमाडौंको रत्नपार्कस्थित शान्तीबाटिकामा तवाव निम्तिएको छ ।
बिहानै हिन्दूधर्म गुरु श्रीनिवासहितका समर्थकहरु अनसनमा बस्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसलगत्तै राप्रपा नेपालसहितका हिन्दुवादीहरुले शान्तीपूर्णरुपमा माग राख्न पाउनु नागरिकको अधिकार भएको भन्दै सरकार र प्रहरी प्रशासनविरुद्ध चर्का नाराबाजी गरेका छन् । दुई पक्षबीच विवाद बढिरहेको र झडपको स्थिति निम्तिने सम्भावना बढेको छ । शान्तीबाटिकामा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित, पदाधिकारी, केन्द्रीय सदस्य तथा हिन्दुधर्ममा आस्था राख्ने विभिन्न संगठनका प्रतिनिधि पुगिसकेका छन् ।