फस्टाउदै यौन व्यवसाय , रेडलाइट एरियाको रुपमा परिणत हुदै लहान
Advertise Here Book Now

pokhara-sex-girl
श्रीकान्त झा/सिरहा ,पौस ११ । पछिल्लो केहि दिन यता लहानमा अवैध तरिकाले यौन व्यवसाय तिव्र रुपले फस्टाउन थालेको छ । अवैध तरिकाले हुने गरेको यसलाई रोक्न प्रहरीले खासै चासो न देखाए पछि यौन व्यवसाय फस्टाउन थालेको हो । विगत केहि दिन यता लहानका प्रमुख चौकहरु रेडलाइट एरियाको रुपमा परिणत हुन थालेको छ । प्रमुख रुपले लहान अस्पताल चौकमा यौन व्यवसायीहरु उभेर आफनो ग्राहक खोज्ने गरेका छन् । अस्पताल चौक क्षेत्रमा रहेका यौन व्यवसायीहरु रिक्सा चालक लगायत अन्य माध्यम बाट ग्राहक खोजेर स्थानीय लजहरुमा गई यौन व्यसाय गर्ने गरेका छन् । स्रोतका अनुसार लहानका केहि लजहरु यौन व्यवसायीहरुकै कारण समेत चल्ने गरेको छ । विगत केहि महिना पूर्व प्रहरीले छापामारी गर्नुका साथै नियन्त्रण गर्न कडाई गरे पछि केहि हद सम्म नियन्त्रणमा आएको यौन व्यवसाय पछिल्लो दिनमा पुन : फस्टाउन थालेको छ । ती यौन व्यवसायीहरुका कारण त्यस चौकबाट साझको समयमा हिडडुल गर्नुका साथै उभिन समेत समस्या आउन थालेको स्थानीयवासीहरुको गुनासो छ । एक जना यात्रुले भने म रिक्सामा वसेर यात्रा र्गदै र्गदा मलाई ईसारा दिएर वोलायो र मैले नदेखिने गरी र्गदा मलाई सिक्सा चालकले जानुहुन्छ भनेर भन्दा मलाई यहाँ प्रशासनको निगरानी नै छैन भने उहाँले वताए । सो ठाउंमा १५ वर्ष उमेरदेखि लिएर ४० वर्ष उमेर समुहका यौन व्यवसायी महिलाहरुले आफनो ग्राहक खोज्दै गरेको सहजै देखिन सकिन्छ । बिगतमा लहानमा संचालनमा रहेको रेष्टुरेन्टहरुमा लुकुछिपी हुंदै आएको अवैध यौन व्यवसायको सम्बन्धमा गुनासो बढेपछि सो रेष्टुरेन्टहरुलाई बन्द गराईएपछि अहिले नगरको अस्पताल चौकमा एरीयामा यौन व्यवसायीहरुको ग्राहक खोज्ने मुख्य केन्द्र बन्दै गएको छ । केही लज संचालनकहरु समेत प्रयोग गर्ने गरेको छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्