कांग्रेस र एमालेले जनताले दिएको मतको मान नराखेको संघिय सदभावना पार्टीको आरोप
Advertise Here Book Now
जलेश्वर,पौस १० गते ।
महोत्तरीको जलेश्वरमा विहिवार संघिय सदभावना पार्टीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष अनिल झाले काँग्रेस र एमालेले जनताको मर्म र भावनालाई कुल्चेर आफ्नै पार्टी भित्र कृत्रिम विवाद सृजना गरि संविधान माघ ८ भित्र नल्याउने षडयन्त्र गरिरहेको जनाएका छन ।
एमाओवादी र मधेशवादी दलहरुले गरेको विरोधमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताउदै काँग्रेस र एमालेले दुई तिहाईको वहुमतमा संविधान ल्याए त्यो मान्य नहुने र यस्को सरकारले गम्भिर परिणाम भोग्नु पर्ने समेत वताएका छन । संघिय सदभावना पार्टीको महासमितिको पुर्व तयारीका लागी जलेश्वर आइपुगेका अध्यक्ष झाले काँग्रेस र एमालेको सरकारसंग पार्टीको कुनै समर्थन नरहेको समेत स्पस्ट पारेका छन ।

