शीर्ष नेताहरूकै गाईजात्रा
Advertise Here Book Now

- बिहान ९ बजेलाई तीन दलको बैठक बोलाइयो । ८:३५ मै प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले कोइरालालाई छुट्टै पाँच मिनेट भेटे र ‘मधेसी मोर्चाविनाको तीन दलको बैठकको औचित्य छैन’ भन्दै बाहिरिए ।
- नौ बजेतिर एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारीका साथ बालुवाटर पुगे । तर, प्रचण्ड चार पक्षको बैठकको माग गर्दै बाहिरिएपछि तीन दल बैठक बस्न सकेन ।
- कांग्रेस–एमालेबीच एमाओवादी मोर्चाले घोषणा गरेको आन्दोलन कार्यक्रमको समीक्षा भयो । छलफलपछि एमाओवादी मागबमोजिम ४ बजे मोर्चासहितको बैठक बोलाइएको जानकारी स्वयं एमाले अध्यक्ष ओलीले नै पत्रकारलाई जानकारी दिए ।
- चार दलको बैठक भन्दै एमाओवादी र मधेसी मोर्चाका नेताहरू ४ बजे नै बालुवाटार पुगे । डेढ घन्टा बस्दा पनि ओली नआएपछि उनीहरू सँगसँगै बाहिरिए । ओली त्यतिखेर प्रेस चौतारीको अन्तर्संवाद कार्यक्रममा भाषण गर्दै थिए ।
- ४ बजे बोलाइएको बैठकका लागि ओली ६ बजे बालुवाटार पुगे । त्यतिखेर एमाओवादी र मोर्चाका नेता हिँडिसकेका थिए । कांग्रेस–एमालेबीचको बैठकले बुधबार साढे चार बजे पुन: मोर्चासहित चार दलको बैठक बोलाएको छ ।
रमेश सापकोटा/नयाँ पत्रिका
काठमाडौं, ९ पुस
एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि मंगलबार साँझ बस्ने भनिएको मधेसी मोर्चासहित प्रमुख चार दलको बैठक बस्न सकेन । डेढ घन्टा कुर्दा पनि ओली नआएपछि प्रधानमन्त्रीनिवास बालुवाटारबाट एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरू बाहिरिए । त्यतिखेर ओली प्रेस चौतारी नेपालको कार्यक्रममा व्यस्त भए ।

त्यसअघि बिहान नौ बजे बोलाइएको कांग्रेस, एमाले र एमाओवादीको बैठक पनि बस्न सकेन । एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोइरालालाई भेटेर ‘मधेसी मोर्चाविनाको बैठकको औचित्य नभएको’ बताउँदै चार दलको बैठक डाक्न आग्रह गरेका थिए । त्यहीअनुरूप कोइरालाले साँझ चार बजे बैठक बोलाएका थिए ।
‘चार दलका नेताको भेटघाट भयो, तर बैठक बस्न सकेन,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले नयाँ पत्रिकासित भने, ‘एमाले अध्यक्ष ओलीजीको अपर्झट काम परेपछि औपचारिक बैठक बस्न सकेन ।’ ओली साढे चारदेखि साढे पाँच बजेसम्म चौतारीको कार्यक्रममा थिए । उनी बालुवाटार पुग्दा एमाओवादी र मधेसी मोर्चाका नेताहरू हिँडिसकेका थिए । एमाले वरिष्ठ नेता झलनाथ खनालले ओली नआएको भन्दै एमाओवादी र मधेसी मोर्चाका नेताहरू हिँडेपछि चारपक्षीय बैठक बस्न नसकेको बताए ।
बिहान नौ बजे बोलाइएको तीन दलको बैठक बस्नुअघि नै एमाओवादी अध्यक्ष प्रचण्ड ८:३५ मै बालुवाटार पुगेका थिए । सात मिनेट बालुवाटारमा रहँदा उनले पाँच मिनेट प्रधानमन्त्री कोइरालासँग कुराकानी गरेका थिए । ‘मधेसी मोर्चाविनाको बैठकको औचित्य नभएको’ भन्दै उनले चार दलको बैठक बोलाउन कोइरालालाई आग्रह गरेका थिए । त्यसलगत्तै उनी बालुवाटारबाट बाहिरिएका थिए ।

एमाओवादी सहभागी नभएपछि बिहान कांग्रेस र एमालेबीच अनौपचारिक छलफल भएको थियो । बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले ‘दिउँसो चार बजेलाई चार पक्षको बैठक बोलाइएको’ जानकारी पत्रकारहरूलाई गराएका थिए ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूलो आशा लिएर गए पनि डेढ घन्टा बालुवाटार बस्दा ठट्टा जस्तै मात्र देखिएको बताए । ‘गयो, चिया खायो आयो । ठट्टाजस्तो मात्र भयो,’ यादवले भने ।
संयुक्त प्रस्ताव फेरि बाँडे
एमाओवादी र मोर्चाले भन्यो– यसको कुनै अर्थ छैन
एमाले अध्यक्ष केपी ओलीलाई कुर्दै बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी र मधेसी मोर्चाका नेताहरूलाई कांग्रेस–एमालेको नौबुँदे संयुक्त प्रस्ताव बाँडे । एमाओवादी र मोर्चाका नेताहरूले निकास दिन नसक्ने भन्दै त्यसको अर्थ नरहेको बताए ।

‘विवादित संघीयता, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीसहितका विषयमा कांग्रेस–एमालेको संयुक्त प्रस्तावलाई आधार मानेर छलफल गरौँ भन्दै प्रधानमन्त्रीले सबैलाई प्रस्तावको फोटोकपी बाँड्नुभयो,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्डजीहरूले यो नयाँ विषय होइन, संवाद समितिदेखि संविधानसभामा पनि पुगिसकेको छ भन्नुभयो ।’ सहमतिका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन एमाओवादी नेताहरूले आग्रह गरेका थिए ।
‘यो प्रस्ताव नयाँ होइन, थाहा भएकै विषय हो, यसले निकास दिन सक्दैन भन्यौँ,’ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने । छलफलका लागि एमाओवादी अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित उपेन्द्र यादव, शरत्सिंह भण्डारी, राजेन्द्र महतो बालुवाटार पुगेका थिए ।
सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन
८ माघ नजिकिँदै गर्दा दलहरूबीच बढेको तिक्ततासँगै सुरक्षा निकाय अलर्ट भएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकले चुनौतीको विश्लेषण गरी सुरक्षा निकायलाई तयारी थाल्न निर्देशन दिएको छ ।
८ माघ नजिकिँदै गर्दा दलहरूबीच बढेको तिक्ततासँगै सुरक्षा निकाय अलर्ट भएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकले चुनौतीको विश्लेषण गरी सुरक्षा निकायलाई तयारी थाल्न निर्देशन दिएको छ ।
संविधानका अन्तर्वस्तुमा दलहरूबीच विवाद बढेपछि सहमतिका लागि दबाब दिन भन्दै ३० दलले आमहडतालका कार्यक्रम सार्वजनिक गरेको विषयमा सोमबार समीक्षा गर्न गृहमा तीनैवटा सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकालका अनुसार सुरक्षा बैठक ८ माघको सुरक्षा चुनौतीको विषयमा केन्द्रित भएको थियो ।
जिल्ला–जिल्लामा सुरक्षा चुनौती मूल्यांकन गरी सुरक्षा तयारी गर्न निर्देशन भएको उनले बताए । बैठकमा ८ माघ नजिकिँदै गर्दा जातीय भड्काव हुन सक्ने विश्लेषण गर्दै सुरक्षा चिन्ता गरिएको थियो ।
साभार:इ-नयाँ पत्रिका