सिरहामा जाडो छल्न विपन्न परिवारलाई कम्बल वितरण
Advertise Here Book Now
सिरहा, ८ पौष (साक्षी)– सिरहाका दुई गाविसमा अतिविपन्न दलित परिवारलाई नेपाल प्रहरी श्रीमति संघको सहकार्यमा न्यानो संसार अभियानले जाडो छल्न कम्बल वितरण गरेको छ ।
जिल्लाको महदेवा पोर्ताहा र सोठियाइन गाविसका दलित तथा अति विपन्न ४ सय ५० परिवारलाई १÷१ वटा कम्बल वितरण गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । उनका अनुसार ति परिवारका बालबालिका र बृद्धबृद्धाहरुलाई स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको छ ।
सिरहाका १७ गाविसका तीन हजार अति विपन्न तथा दलित परिवारलाई कम्बल वितरण गर्ने लक्ष्य रहेको न्यानो संसार अभियानका स्वयंमसेवक म्याक्स दिपेश खत्रीले जानकारी दिए । उनले भने, ‘‘जाडोमा कठाङ्ग्रिएर कोही गरिबले कपडाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले कम्बल वितरण अभियान सुरु गरेका छौं ।’
केहि साता यतादेखि जाडो अत्यधिक बढेको छ । बजारमा मानिसहरुको चहलपहल घटेको छ । रिक्सा चलाउनेहरु बजारका ठाउँ ठाउँमा घुरा (आगो) बालेर तापिरहको दृष्य देखिन्छ ।
चिसोले बाक्लो लुगाको विक्री पनि ह्वातै बढेको छ । पसलहरुमा बाक्लो लुगा किन्नेहरुको दिनभर घुईचो लाग्ने गर्छन् ।