चलचित्र ‘पीके’ हेरे पछी डा. बाबुराम भट्टराईको भनाई यस्तो छ
Advertise Here Book Now
एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले बलिउडका सफल निर्देशक राजकुमार इरानी निर्देशित तथा अमिर खान अभिनित चलचित्र पीके निकै राम्रो चलचित्र भएको बताएका छन् । मंगलबार चलचित्र हेरेपछि उनले सामाजिक सञ्चाल फेसवुक बालमा यस्तो प्रतिकृया व्यक्त गरेका हुन् ।
उनले वालमा ‘समाजमा विद्यमान अज्ञानता, अन्धविश्वास, कुरीति, पाखण्ड, शोषण आदि विकृति विसंगतिमाथि चोटिलो र रोचक व्यंग प्रहार गर्दै ज्ञानविज्ञान र सामाजिक न्यायको प्रवर्धन गर्न नयाँ हिन्दी फिल्म निकै सफल देखियो’ लेखेका छन् ।
त्यस्तै उनले यो कुनै देश वा भाषा विशेषसंग भन्दा सम्पूर्ण मानव जातिसंग सम्वन्धित सन्देशमूलक र मनोरञ्जक फिल्म भएकाले हेर्नलायक भएको समेत बताएका छन् ।

