रक्सीले ज्यान लियो
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम ,मंसिर १८ गते रंजन भण्डारीजलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका को परिक्रमा गाछी नजिकैको खाल्डोमा एक व्यक्तीको मृत्यु भएको छ । महोत्तरी जिल्लाकै सितापुर भंगहा गाविस वडा नं. १ घर भएका मृत सुनिल मण्डल आफ्नो ससुराली जलेश्वरको धबौलीमा बस्दै आएका थिए । विहान मात्र स्थानियहरुले लास देखेर प्रहरीलाई खबर गरेका थिए ।   दैनिक नै रक्सी र अन्य लागु पदार्थ सेवन गर्ने मृतक सुनिल राती अत्यधिक मात्रामा रक्सी सेवन गरि ससुराली जादै गरेको अवस्थामा सो खाल्डोमा लडेका र होसमा नभएकोले उठन नसकी त्यही खाल्डोमा डुवेको हुन सक्ने स्थानियहरुको भनाई र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय जलेश्वरले जनाएको छ। लासलाई पोष्टमार्टमको लागी जलेश्वर अस्पताल पठाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्