सिरहामा खाना पकाउने ग्यासको हाहाकार , खुलियाम कालावजारी
Advertise Here Book Now

श्रीकान्त झा , सिरहा ।
सिरहाको लहान, मिर्चैया , गोलवजार , सिरहा , चौर्हावा लगायतको स्थानहरुमा बिगत केही हप्ता देखि खाना पकाउने ग्यासको हाहाकार भएको छ । ग्यासका उत्पादकहरुले माग अनुसारको आपुति र्नगरी कृत्रिम अभाव खडा गरेकोले सर्वसाधारण्ँ उपभोक्ताहरुले सहजरुपमा ग्यास पाउन नसकेको भनाइ ग्यासका बिक्रेताहरुको रहेको छ ।
कईयौ दिन देखि घरमा ग्यास छैन् चुलोमा खाना पकाउनु परेको छ । ग्यास लिन एक साता देखि लाईनमा बसेको छु आज भोलि भन्छन् तर हालसम्म ग्यास पाएको छैन् । भने आफनो आफन्त र पैसा वढी दिने व्यक्तिहरुले खुलियाम ग्यास पाईरहेको र गरीव र पैसा कम दिने व्यक्तहरुलाई ग्यास भए पनि हामी संग ग्यास नरहेको भन्दै र्फिता पठाईरहेको नाम नखेलने र्सतमा लहान निवासी एक व्यक्तीले गुनासो पोखेका छन् । यस्तो समस्या एक जनाको नभई सयौ“ ग्यासका उपभोक्ता र गृहण्ँिहरुको यस्तै गुनासो र दुखेसो रहेको छ ।
ग्यासको चरम अभावका कारण्ँ सर्वसाधारण्ँ उपभोक्तहरु मारमा परेकाले ग्यासको कृतिम अभाव सृजना गर्ने र कालो बजारी गर्नेहरु माथि स्थानीय प्रशासनले कडा निगरानी गनु पर्ने र अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने स्थानिय बासीहरुको भनाई रहेको छ । यता लोडसेडिङका कारण्ँ जाडो याममा ग्यासको हिटर र गिजर बढी प्रयोग हुने गरेकोले ग्यासको माग“ बढी हुने गरेको छ । यसका लागि स्थानीय प्रशासनको अनुगमन प्रभावकारी हुनु पर्ने आवश्यक देखिन्छ ।
यता ग्यास नपाएको कारणले गांउ घरवाट शहरवजारमा पढन आएका विद्यार्थीहरु धम्मा धम्म शहर छोडदैछन् भने शहर वजारमा वसी आएका व्यक्तिहरुको भोकमारी फौलिने सम्भावना रहेको छ ।

