महोत्तरीमा रेडवुल जिल्ला लिग फुटवलको उदघाटन खेलमा ढल्केवर विजयी
Advertise Here Book Now



रंजन भण्डारी
जलेश्वर,पौस १० गते ।

महोत्तरीको जलेश्वर रंगशालामा विहिवार देखि रेडवुल जिल्ला लिग फुटवलको शुभारम्भ भएको छ ।

खयरमारा र ढल्केवर विच भएको खेलमा ढल्केवरले २ । १ ले अग्रता पाएको छ । खेलको नवौ मिनेटमा ढल्केवरका जर्सी नं. ९का शिखर मगरले पहिलो गोल गरि खाता खोलेका थिए भने जर्सी नं. १०का सुदिप मगरले ३०औ मिनेटमा दोस्रो गोल गरेर जित पक्का गरेका थिए । ढल्केवरले गरेको २ गोलको विरुद्ध खेलको ६० औ मिनेटमा खयरमाराका संजय बलमपाकीले एक गोल मात्र गर्न सकेका थिए । आजको खेलका म्यान अफ द म्याद ढल्केवरका जर्सी नं. ७ का नकुल मगर भएका छन । 

खेलको उदघाटन गर्नु हुदै जिल्ला फुटवल संघ महोत्तरीका अध्यक्ष प्रल्हाद साहले खेलकुदले शारिरिक तथा मानसिक विकाशमा अहम भुमिका खेल्ने  तथा देशलाई अन्य देशहरुमा समेत चिनाउने बताउनु भएको छ । साथै जिल्ला फुटवल संघका महासचिव विजय गुप्ताले शुभकामना दिई खेलाडीहरुको हौसला बढाएका थिए । पौष ५ गते देखि नै शुरु हुने भनिएको खेल बस चालकहरुकिो हडताल र चिसोको  कारण १० गते देखि शुरु भएको महासचिव विजय गुप्ताले बताउनु भएको छ । साथै भोलीको खेल हात्तीलेट र टुटेश्वर बिच हुने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्