सिरहामा १३ किलो गाँजा बरामद, तस्कर फरार खोजी कार्उ जारी
Advertise Here Book Now


                                                                                       सिरहा
 भारत तर्फ विक्रिका लागि लान तयार पारीएको १३ केजी अवैध गाँजा गएराती सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले बरामद गरेको छ । गोलबजार नगरपालीका वार्ड नं। ३ जमदहमा लुकाएर राखिएको ठाउँबाट विशेष सुराकीको आधारमा गाँजा बरामद गरिएको हो ।सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारका प्रमुख इन्सपेक्टर विधुर भट्टराइको टोलीले गाजाँ बरामद गरेको जनाएको छ ।सिरहामा अहिले गाँजाको मूल्य प्रतिकेजी सात हजारभन्दा बढी रहेको बताइन्छ । त्यसको अनुपातमा सो गाँजाको मूल्य करिव एक लाख हुन आउँछ ।सिरहाको विष्णुपुरकट्टी, जमदह लगायतका नाकाबाट उदयपुर र सिरहामा उत्पादनभएको गाँजा भारतीय बजारसम्म पुर्याउने गरेको बताइन्छ । यसअघि पनि ती ठाउँबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो ।प्रहरीले पटक पटक गाँजा बरामद गरेको भएपनि तस्कहरु भने फरार रहेको र उनीहरु अझै पक्राउ पर्ने सकेको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्