जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार बम हो कि भनेर आशङ्का गरिएको वस्तु खोलेर हेर्दा चिठी फेला परेको छ। उनले भने, ‘बम झैँ देखिने उक्त डब्बा खोलेपछि चिठी पो फेला पर्यो। उक्त चिठीमा विद्यालयले छात्रवृत्ति रकम बाँड्नुपर्यो र प्रअ नियमित आउनुपर्योि भन्ने उल्लेख गरिएको छ।’बम झैँ देखिने गरी विद्यालयको ढोका नजिकै झुन्ड्याइएको उक्त वस्तुका कारण बिहान विद्यार्थी र शिक्षकहरु तर्सेका थिए। उक्त शङ्कास्पद वस्तु देखेपछि प्रअ बलराम भक्त श्रेष्ठले प्रहरी चौकी विष्णुपुरकट्टीलाई जानकारी गराएका थिए।
उक्त शङ्कास्पद वस्तु हेर्न स्थानीय जनताको भीड नै लागेको थियो । विद्यार्थी तर्सिएका कारण आजको पठनपाठनसमेत प्रभावित बनेको प्रअ श्रेष्ठले बताए। रासस

