सुर्खेतमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
Advertise Here Book Now

सुर्खेत, २२ मंसिर । सुर्खेतको पोखरीकाँडा गाविसको वडा नम्बर ९ को अमलिसे भीरबाट यात्रुबाहक बस खस्दा १७ जनाको मृत्यु भएको छ । कालीकोटबाट कैलालीको टीकापुरका लागि छुटेको ना४ख ६८५७ नम्बरको बस आइतबार साँझ साढे ६ बजेतिर खसेको हो । दुर्घटनामा ५० यात्रु घाइते भएका छन । घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । १४ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेहरु सबैको क्षेत्रीय अस्पताल सुर्खेत र माया नर्सिङ होममा उपचार भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्