पसल दर्ता गराएको घूस नदिएपछि घरेलु हाकिमले प्रमाणपात्र च्याते
Advertise Here Book Now
सन्तोष कुमार सिरहा, मंसिर २२
घरेलु तथा साना उद्योग कार्यालय लहानका निमित्त प्रमुख तपेश्वर लाल साहले घूस मागेको र नदिएपछि एक व्यापारीको प्रमाणपत्र नै च्यातेर फालेका छन्।
सिरहा लालपुर ८ का श्यामनारायण सिंहसँग घरेलुका निमित्त प्रमुख साहले घूस मागेको र नदिएपछि उनको प्रमाणपत्र च्यातिदिएका छन्। सिंह गोलबजारमा मोवाइल मर्मत सेन्टर (पसल) खोलेका छन्। सोही पसल दर्ता गराउन सिंह आईतवार घरेलु तथा साना उद्योग कार्यालय पुगेका थिए।
‘कार्यालयमा पसल दर्ता गराउन निमित्त प्रमुख साहले सुरुमा रु. ११ हजार दिएपछि मात्र काम हुने भन्नु भएको थियो, व्यापारी सिंहले भने, ‘मैले काम गरिदिनुस् मिलाएर दिन्छु भनेपछि काम गरिदिनुभयो। उहाँ रु. ११ हजारबाट दुई हजारमा झर्नुभयो। तर, म पाँच सयभन्दा बढी दिन्नँ भनेपछि प्रमाणपत्र नै च्यातेर फाल्नुभयो।’
प्रमाणपत्र च्यातेपछि आफू अचम्म भएर सञ्चारकर्मीहरुलाई बोलाएको व्यापारी सिंहले बताए। च्यातेको प्रमाणपत्र समेत देखाउँदै उनले भने, ‘हेर्नुस् न कसरी टुक्रा टुक्रा पारेर प्रमाणपत्र च्यात्नुभएछ। मलाई त लाग्छ सरकारले नै घूस लिन भनेको छ, त्यही भएर त यति शानले घूस माग्नुभएको होला नदिएपछि प्रमाणपत्र नै च्यात्नुभयो।’
व्यापारी सिंहले कार्यालयका निमित्त प्रमुख साहले घूस मागेको अडियो रेकर्ड समेत उपलब्ध गराएका छन्। घुस मागेपछि उनले मोबाइलमा अडियो रेकर्ड गरेका थिए। रेकर्डमा निमित्त प्रमुख साहले घूस मागेको प्रष्ट आवाज आएको छ।
यता, प्रमाणपत्र च्यातेको तर घूस नमागेको निमित्त प्रमुख साह दाबी गर्छन्। घूसको कुरा थिएन भने प्रमाणपत्र किन च्यात्नुभयो भन्ने प्रश्नमा उनी अलमलिए।
नोट तस्विरहरु पनि...............

