एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र बाहिरियो
Advertise Here Book Now
प्रश्नपत्रसहित गोल्डेन गेट कलेजका निर्देशक र शिक्षक पक्राउ
काठमाडौ, मंसिर २० -
शिक्षा मन्त्रालयले आज लिएको एमबीबीएस प्रश्नपत्र बाहिरिएको छ ।
अख्तियारको टोलीले गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे र शिक्षक
हरिहर सापकोटालाई प्रश्नपत्रसहित काठमाडौंको रातोपुलबाट पक्राउ गरेको छ ।उनीहरुबाट बायोलोजीको प्रश्नपत्रको सेट ए र बी बरामद गरिएको छ ।
शिक्षा मन्त्रालयले दिने छात्रवृत्ति कोटाको लागि आज १ बजे परीक्षा भएको थियो ।
उनीहरुले १० लाखमा प्रश्नपत्र बेचेको दाबी गरिएको छ ।
-Ekantipur.com

