मिर्चैयामा सि.सि. टिभी जडान हुने ।
Advertise Here Book Now

10850530_374925026002069_1355003921_nराम नारायण पंडित/सिरहा, ०८ पौष । 
सिरहाको मिर्चैंया नगरपालीकालाई शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन सि.सि. टिभि क्यामेरा जडान हुने भएको छ । सि.सि. टिभी जडान गर्ने सम्बन्धमा बिहीबार बृहत छलफल सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो कार्य क्षेत्र भित्र भरपर्दो शान्ति सुरक्षा कायम गरि अपराधिक गतिबिधीलाई नियन्त्रण तथा अनुसन्धानलाई प्रभाबकारी बनाउन मिर्चैयामा सि.सि. टिभी जडान गर्न अग्रसर भएका छन । मिर्चैया बजार क्षेत्र तथा राजमार्ग आसपासमा सि.सि. टिभी क्यामेरा जडान गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयाले पहल गरे पछि उक्त सम्बन्धमा मिर्चैयामा बृहत छलफल गरि सि.सि. टिभी जडान गर्ने स्थान छनोट र आर्थिक श्रोत जुटाउन ११ सदस्यीय समिति गठन गरिएको छ । मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देब यादबको संयोजकत्बमा गठन गरिएको समितिका सचिबमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडा, सदस्यहरुमा उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष गणेश प्रसाद साह, लहान उद्योग बाणिन्य संघका प्रथम उपाध्यक्ष अशोक साह, बैंकिंगहरुबाट ग्लोबल आइएमई बैंँक मिर्चैया शाखाका प्रबन्धक जितेन्द्र साह, मोटर शो रुमहरुबाट शत्रुधन महासेठ, आबासिय बिद्यालयहरुबाट महेश्बर बहादुर कार्की, पेट्रोलियमहरुबाट प्रकाश महासेठ, सुनचाँदी ब्यबसायीहरुबाट मिर्चैयाका अध्यक्ष संतोष साह, सशस्त्र प्रहरी बल मिर्चैयाका प्रहरी निरिक्षक उपेन्द्र मंडल लगायतका रहेका छन । छलफलमा स्थानिय राजनितिक दल, समाजसेबी, बुद्धिजिवि, नागरिक समाज र संचारकर्मीहरु लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । यता, मिर्चैया नगरपालिकाको सरसफाईमा तिब्रता दिईएको छ । मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाले संयुक्त रुपमा मिर्चैयाको सरसफाईमा चासो देखाएका हुन । सरसफाईको क्रममा स्थानिय संघ संस्थाहरु पनि सहभागी भएर सहयोगीका रुपमा भुमिका निर्वाह गरिरहेका छन । करीब ६ महिना अघि घोषणा भएको मिर्चैया नगरपालिकामा सरसफाइको समस्या चुनौतीको रुपमा देखिएको छ । नगरपालिका भित्र सरसफाईको साथै बाटोघाटो, झुप्रो व्यवस्थापन, शौचालय निमार्ण लगायतका समस्याहरु रहेका छन । बिहीबार ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाको कमाण्डमा रहेका प्रहरी जबान, अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन प्रसाद सोडारी र सशस्त्र प्रहरी बल मिर्चैयाका प्रहरी निरिक्षक उपेन्द्र मंडलको नेतृत्बमा रहेका सशस्त्र वलका जबानहरुले मिर्चैया नगरपालिका ५ बजार एरियामा जथाभाबी रुपमा रहेका झुप्राहरु हटाएका छन । मिर्चैया नगरपालिकाले पटक पटक झुप्रो र खाटहरु हटाउन गरेको आग्रहलाई सम्बन्धित ब्यक्तिले वेवास्ता गरे पछि बाध्य भएर आफैले हटाउनु परेको मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देब यादबले जानकारी दिए । मिर्चैया नगरपालिका भित्र सरसफाईको अवस्थालाई तिब्रता दिनुको साथैे खुल्ला दिसा मुक्त घोषणा गर्नको लागी पनि आफुहरु लागी परेको प्रमुख यादबले बताए । उक्त अभियानमा स्थानिय संघ संस्था, प्रशासन, राजनितिक दल, नागरिक समाज, स्थानियबासी, बुद्धिजिबि, संचारकर्मी लगायतको सहयोग रहेको प्रमुख यादबले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्