एमाओवादी नेतृत्वको मोर्चाद्वारा नेपाल बन्द सहितको आन्दोलन घोषणा
Advertise Here Book Now

काठमाडौं, ७ पुस – एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले नेपाल बन्द सहितका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान जारी गर्न भन्दै संविधानसभाभित्रका १९ र बाहिरका ११ दलले नेपाल बन्द सहितका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  एमाओवादी संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले पुस १९ गते देशैभरि प्रदर्शन र सभा गर्ने, २५ गते मध्य र सुदूर, २७ गते पूर्वाञ्चल, २८ गते थरुहट र तराई, २९ गते नेवा र ताम्सालिङ क्षेत्र बन्द तथा माघ ५ गते नेपाल बन्द गर्ने निर्णय गरेको नेपा पार्टीका अध्यक्ष डा. केशवमान शाक्यले जानकारी दिए ।  आन्दोलनका लागि ३० दलीय मोर्चा पनि गठन गरिएको छ । यसअघि आइतबार बसेको १९ दलको बैठकले दवावमुलक कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल पनि गठन गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्