नगरपालीका घोषणापछि गोलबजारबासी खुसी ।
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /राम नारायण पंडित, सिरहा,१७ मंसिर ।
सरकारले सिरहाको गोलबजार सहित थप ६१ नयाँ नगरपालिकाको घोषणा गरेको छ । नगर घोषणासँगै गोलबजार नगरवासीले खुसीयाली व्यक्त गरेका छन् । लामो समयको प्रयासपछि नगपालीका घोषणा भएकोमा स्थानीय समाजसेवी तथा व्यवसायीहरु खुसी व्यक्त गरेका छन् । जिल्लाका सम्पूर्ण सभासद्ज्यूहरु, स्थानीय समाजसेवीहरुले गोलबजार नगरपालीका घोषणाको लागि पहल गरेको प्रति खुसिव्यक्त गर्दै सहयोग गर्नुहुने सवैप्रति स्थानियहर कृतज्ञता व्यक्त गरे । गोलबजार नगरपालीका घोषणाले आफू साह्रौ खुसी भएको सुनचाँदी व्यवसायीसंघ सिरहाका अध्यक्ष भरत अग्रवालले बताए । उनले भने, ‘नगरपालीका घोषणाले यो क्षेत्रको विकासको मुहान खुलेको छ, यसलाई सहि ढंगले लिन सके यो नगरपालीका जिल्लाकै नमुना नगरपालीका बन्न सक्छ ।’ गोलबजार नगरपालीका घोषाले यो क्षेत्रको विकासको मुहार खुलेको स्थानीयहरुले बताए । ’असनपुर, लालपुर, चन्द्रलालपुर, चन्द्रोदयपुर, वेतौना, बलकवा, मुक्सार र जमदह सहित ८ गाविसलाई मिलाएर गोलबजार नगरपालीका बनाएको हो । यस नगरपालीकामा १३ वटा वडाहरु रहेको जनाएको छ । यो नगरपालीकामा करिव ६५ हजार जनसंख्या रहेका छन । यस सँगै सिरहामा चार नगरपालीका पुगेको छ । यस अघिनै सिरहा र लहान नगरपालीका रहेकोमा यसैवर्ष मिर्चैया र गोलबजार नगरपालीका थपीयपछि सिरहामा चारवटा नगरपालीका पुगेको हो ।
