पर्सा देवाडमा झडप दर्जनौ घाईते
Advertise Here Book Now




ऑनलाइन सिरहा डटकम मंसिर १७ गते/ रंजन भण्डारी जलेश्वर, ।

महोत्तरी जिल्लाको पर्सा देवाड गाविसमा आज विहान दुई पक्ष बिच भएको झडपमा दर्जनौ घाइते भएका छन । पहिले देखि चल्दै आएको मस्जिद विवादको कारण बुधवार विहान स्थानिय चिया पसलमा दुई पक्षविच भनाभन हुदा झडपको रुप लिई गाईनै दुई पक्ष भएर आका्रमक भएका थिए । सो झडपमा सख्त घाईते शेष असरफको अवस्था नाजुक रहेकोले उनलाई थप उपचारको लागी भारतको सितामढी लगिएको छ भने शरिफ अहमद र शेष शाकिरलाई पनि थप उपचारको लागी जनकपुर अंचल अस्पताल लगिएको छ । अन्य घाइते हरु
एहसान,नैमतुल्ला , सईद अहमद,शेष अनवारुल हक, शेष उसमान, ईलियास ,गफुर र सरफुद्दिन मोमिनको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ भने अन्य घाईतेहरुलाई सम्सी हेल्थपोष्ट र गाउमै उपचार गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्