जग्गा दान गरि अस्पताल भवन शिलान्यास
Advertise Here Book Now



ऑनलाइन सिरहा डटकम मंसिर १८/रंजन भण्डारी जलेश्वर,मंसिर १८  गते । स्वास्थ्य चौकी निर्माणका लागी स्थानिय सीया प्रसाद सिंह र वनारसी देवी सिंहले चार कटठा जग्गा उपस्वास्थ्य चौकीलाई दानमा दिएका छन ।महोत्तरी जिल्लाको मनरा गाविसमा रहेको उपस्वास्थ्य चौकी गाउको विकाशमा अपुग रहेको र त्यसले साधारण विरामी बाहेकको उपचार गर्नमा असमर्थ रहेकोमा आफ्नो गाउको विकाश र रामा्रे उपचारको अभावमा अकालमै हुने मृत्युलाई कम गर्न  सिंह दम्पतीले चार कटठा जग्गा दान गरि बुधवार स्वास्थ्य चौकीको शिलान्यास गरेका छन । प्रसुती सेवालाई विशेष प्राथमिक्ता दिइने सो स्वास्थ्य चौकी लाई नमुना स्वास्थ्य चौकी बनाइने डि.ई. श्याम किशोर सिंहले बताएका छन । मनरा गाविसको वडा नं. ८मा निर्माण हुने सो स्वास्थ्य चौकी बनाउन एक करोड ९० लाखमा  ठेक्का पाएका आश्रय निर्माण सेवाले सो तिन तल्ले  २८  कोठा भएको  भवन १८ महिना भित्र निर्माण गरिसक्ने ठेकेदार जय  कुमार चौधरीले बताएका छन । नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष ईश्वरी पौडेल ,नागरिक समाज,राजनितिक दल र अतिथिगणहरुले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्