सिरहामा ट्राफिक चेकिङ्ग कार्य तिव्र ,
Advertise Here Book Now
दुर्घटनामा कमी राजस्व सँङ्गकलनमा समेत वृद्धि भएको ट्राफिक प्रहरी निरिक्षक यादव
ऑनलाइन सिरहा डटकम मंसिर १६/श्रीकान्त झा , रेडियो सौगात लहान सिरहा । मंसिर १६

सिरहामा ट्राफिक चेकिङ्ग कार्य तिव्र गरेपछि दुर्घटनामा कमी आउनुको साथ साथै राजस्व सँङ्गकलनमा समेत वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाका प्रहरी निरिक्षक वासुदेव यादवले जानकारी दिएका छन् । सिरहा जिल्ला भित्र लापरवाही तरीकाले सावारी चलाउने , विना लाईसेन्स सवारी चलाउने , नव यूवाहरुले तिव्र रुपमा सवारी चलाउने , गाडीको छतमाथी सामान ओभर लोड र्गने जस्ता कार्य तिव्र रुपमा वृद्धि हुदै गईरहेको कारणले सडक र्दुघटनामा समेत कार्यमा वृद्धि हुदै गएपछि सिरहा ट्राफिक चेकिङ्ग कार्य तिव्र गरेको हो । चेकिङ्ग कार्य तिव्र गरेपछि स्रावन महिनामा ७ लाख १५ हजार २ सय , भदौमा ८ लाख ७४ हजार ८ सय , असोजमा ८ लाख २१ हजार १ सय , कार्तिकमा ११ लाख ८ हजार ८ सय राजस्व संकलन भएको छ भने ७८ ओटा सडक दुर्घटना भएको हो जसमा २३ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानको तथ्याङ्गकमा उल्लेख रहेको छ । राजस्व संङ्गकलनको मुख्य कारण चेकिङ्ग कार्य तिव्र र्गनु हो र अहिले यि ट्राफिक नियम मिचि सवारी चलाउने कार्य नियन्त्रण भएको ट्राफिक प्रहरी निरिक्षक यादवको भनाई रहेको छ । अझै जनतालाई सजिलो र सुलभ तरीकाले सवारी साधनमा सवारी गरोस भन्ने उदेश्यले यात्रु मैत्री कार्यक्रम सुरु गरेको छ भने समुदायिमा रहेका हरेक व्यक्ति व्यक्तिलाई दुर्घटना न्यूनिकरण र ट्राफिक सम्वन्धि जानकारी हुनु र्पछ भने उदेश्यले जनचेतना मूलक गोष्टी र प्रत्यक विद्यालयमा गएर कक्ष संञ्चालन जस्ता जनचेतना जगाईरहेको ट्राफिक प्रहरी निरिक्षक यादवले वताए । त्यस्तै लाईसेन्स लिन १६ सय ७५ जनाले सवारी अनुमति पत्रको लागी दिएको आवेदन फारमा लिखित परिक्ष १३ गते समापन भएको छ भने दोस्रो पल्टमा ३६ सय १४
जनाले आवेदन फारम भरेका छन् भने तिनिहरुको लिखित परिक्षा मंसिर २० गते हुने छ भने सवै जनाको ट्राईल परिक्ष एकै पटक हुन्छ भने समय तय भएको छैन् ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्