दैनिक पत्रिका संजालका अध्यक्षमा सिंह सर्वसम्मत चयन
Advertise Here Book Now

10884647_315281662002493_1404326201_nश्रीकान्त झा/सिरहा,  । दैनिक पत्रिका संजालका केन्द्रिय सदस्य प्रविण शाहको प्रमुख अतिथ्यमा बुधवार बसेको पत्रकारहरुको एक भेलाले नव दैनिक पत्रिका संजाल धनुषा गठन गरेको छ । भेलाले सर्वसम्मत युवा पत्रकार राजन कुमार सिंहको अध्यक्षतामा सात सदसीय दैनिक पत्रिका संजाल धनुषा जिल्ला कार्य समिति गठन गरेको छ । संजालको उपाध्यक्षमा नविन साह , सचिवमा प्रमोद कुमार साह (रंगिले) कोषाध्यक्षमा प्रिती झा रहेका छन भने सदस्यहरुमा कुशेश्वर उपाध्याय , फुल्गेन मुखिया र मो.तनवीर आलम रहेका छन । त्यस्तै संजालका सल्लाहकारमा नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष अशोक रौनियार , वरिष्ठ पत्रकार रामभरत साह र शैलेन्द्र झा रहेका छन । जिल्लाको सदरमुकाम जनकपुरमा बसेको सो भेलामा धनुषाका करिब तीन दर्जनभन्दा बढि संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्