जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु ।
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, २१ फाल्गुन ।

सिरहाको लहान नगरपालिका १८ भदैया बिसनपुरमा विहिवार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेरबहादुर खड्काकी करिब ४५ वर्षीया श्रीमती तिलकमाया खड्का रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले बातए । मृतक महिलाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ । बिहान साढे पाँच बजेतिर घरदेखि पूर्वतिर रहेको खेतबाट घर आउने क्रम्मा हात्तीले खड्कालाई लछारपछार गर्दै मारेको स्थानीयले बातए । कोशी टप्पु क्षेत्रबाट आएको आशङ्का गरिएको हात्तीलाई गाउँलेहरुले जङ्गलतिर लखेटिएको बताईएको छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्