अमेरिकी राजदुतमाथि दक्षिण कोरियामा आक्रमण (तस्विर सहित)
Advertise Here Book Now

दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिप्पेर्टमाथि सोलमा आक्रमण भएको छ । ब्रेकफास्ट मिटिङमा सहभागी हुने क्रममा ४२ वर्षीय अमेरिकी राजदूतमाथि चक्कुले आक्रमण भएको हो ।
ब्रेकफास्ट मिटिङको स्पिच शुरु हुनै लाग्दा आक्रमण भएको अधिकारीले बताएका छन ।  आक्रमणकारीले राजदूतको गाला र हातमा १० इन्च लामो चक्कुले काटेका छन् ।
अमेरिकी राजदूतलाई अस्पताल भर्ना गरिएको छ । उनी अहिले खतरामुक्त  छन् ।
s korea attack
यसैबिच प्रहरीले आक्रमणकारीको पनि पहिचान गरेको छ । दक्षिण र उत्तर कोरिया पुनः एकीकृत हुनु पर्ने भन्दै ५५ वर्षका एक पुरुषले उनलाई आक्रमण गरेका हुन् । आक्रमणकारीले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको समेत विरोध गरेका छन् ।
s korea attack2
किम नाम गरेका आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आक्रमणकारी ब्रेकफास्ट आयोजककै सदस्य भएको बताएको छ ।
s korea attack1
यसअघि सन् २०१० को जुलाइमा जापानी राजदूतलाई उक्त अभियुक्त किमले ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा दुई वर्ष कारावासको सजाय भोगिसकेको बताइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्