भारतमा बलात्कारीलाई कुटीकुटी झुन्ड्यार मारियो
Advertise Here Book Now
डिमापुर (भारत) – नागाल्यान्डको डिमापुरमा बलात्कारको सजय काटिरहेका एक कैदीलाई आक्रोसित सर्वसाधारणको भिडले कुटेर हत्या गरेको छ। उच्च सुरक्षा भएको जेलबाट सडकमा निकाली हिंस्रक भिडले बलात्काुरीको कुटेर हत्या गरेको हो। जेल तोडेर भित्र पसेको भिडले कैदीलाई व्यस्त सडकमा निकालेर कुटपिट झुन्ड्याएको थियो। हजारभन्दा बढीको संख्यामा आएका आक्रोसित सर्वसाधारणको भिडमा विद्यालय कलेजका विद्यार्थीको संख्या उल्लेख्य थियो। बलात्काार आरोपित ती व्यक्तिलाई भिडले बर्बरतापूर्वक आक्रमण गरी झुन्ड्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइए पनि उनको कसुर बारे अदालतमा अन्तिम सुनुवाइ भइसकेको थिएन।
यसअघि पनि बलात्तकार आरोपमा उनी पटक पटक पक्राउ परेको स्थानीयको भनाइ उदृत गर्दै आजतकले जनाएको छ। बलात्कार आरोपी महिला बंगलादेशी हुन्।
बिहीबार हत्या गरिएका ती व्यक्तिको सम्बन्धमा केन्द्र सरकारले शुक्रबार रिपोर्ट मागेको छ। गृहमन्त्री राजनाथ सिंहले यस सम्बन्धमा कदम चाल्ने बताए। त्यहाँ अतिरिक्त सुरक्षाकर्मी पठाउने उनले बताएका छन्।
नागाल्यान्ड प्रहरीले दोषीहरुलाई सख्त कारवाही हुने जनाएको छ।



