सिरहाको मिर्चैयामा ५३ मोटरसाइकल र २५ जना यूवा पक्राउ
Advertise Here Book Now

रामनारायण पण्डित 
सिरहा, २२ फागुन । होलीको बहानामा ट्राफिक नियम उल्लंघन गर्ने ५३ मोटरसाइकल अस्थायी ट्राफिक प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । 

कारबाहीमा पर्नेहरुमा अधिकांश मदिरा सेवन गरी ट्राफिक नियमको उल्लंघन गरेको ट्राफिक प्रहरी नायब निरीक्षक अर्जुन प्रसाद सोडारीले जानकारी दिए । उनले मदिरा सेवन गरी ट्राफिक नियम उल्लंघन गर्ने २५ जना यूवालाई पनि नियन्त्रणमा लिएको बताए ।

यसैविच केही व्यक्तिलाई लहान ट्राफिक र जिल्ला प्रहरी कार्यालय सिरहाले पनि नियन्त्रणमा लिएको छ । तर सार्वजनिक भने गरिएको छैन् । नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाही गरी छाड्ने प्रहरी स्रोतले जनाएको छ ।

आज होलीको दिन कुनै अप्रिय घटना घट्न नदिन सिरहा प्रशासनले कडाइ गरेको छ । सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । चौक चौकमा प्रहरीको टोली देखिन्छ । - फोटो फाइल

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्