सिरहाका एक राष्ट्रिय खेलाडी हातमुख जोर्न गिट्टी, बालुवा चाल्न बाध्य
Advertise Here Book Now

लहान, २१ फागुन ।  आफ्नो जीवनको अत्यन्त ऊर्जावान् समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक कुस्ती खेलाडी हातमुख जोर्न समस्या भएपछि गिट्टी, बालुवा चालेर जीविका चलाइरहेका छन्। 

अयोध्यानगर गाविस–९ कसाहाका ५२ वर्षीय जनक यादवले खेलाडी भएर आफूसहित छ जनाको परिवार पाल्न समस्या परेपछि गिट्टी, बालुवा चाल्न थालेको बताए। उनले सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा नेपालको तर्फबाट कुस्ती खेलको ९० केजी तौल समूहमा स्वर्ण पदक जितेर मुलुकको गरिमा बढाएका थिए।

साफमा स्वर्ण पदक जितेर फर्केपछि जीविकाका लागि केही व्यवस्था हुन्छ कि भन्ने आशाले खेलकुद मन्त्रालय, खेलकुद परिषद्जस्ता ठाउँमा पटकपटक धाए पनि आश्वासनबाहेक केही पाइन्- यादवले गुनासो गरे । 

साफमा स्वर्ण पदक जितेर फर्किएपछि केही होला भन्ने आशाले सम्पर्कमै थिएँ तर खेलकुद परिषद्ले बेवास्ता ग¥योु यादवले भने- परिषद् र मन्त्रालयका पदाधिकारी आफन्तलाई जागिर लगाउन मात्र तल्लीन भए, मेरो कुनै भनसुन नभएकाले काम पाउन सकिन।

उमेर छँदा देशका लागि विदेशसम्म पुगेर इमान्दारीपूर्वक खेलेको उनले सम्झिए। । पूर्व राष्ट्रिय कुस्तीवाज यादवले कुनै समय आफ्नो नाम सुनेरै कुस्ती हेर्न मानिसको ठूलो भिड जम्मा हुन्थे, अहिले आफ्नो दैनिकी कसले बुझ्ने ?

सम्पत्तिको नाममा चार कट्ठा जमिन मात्र रहेका यादवका चारवटी छोरी, एक छोरा र श्रीमती रहेका छन् । आर्थिक अभावले राम्रो शिक्षा दिन नसकेपछि ऋण कर्जा गरेर छोरीको विवाह गरिदिएको यादवले बताए । बिहान सबेरै उठेर कसरत गर्ने कुस्तीवाज यादवको दैनिकी अचेल कसरतका लागि होइन, खोलामा गिट्टी बालुवा चाल्नका लागि सुरु हुने गर्दछ । 

चार वर्षसम्म राष्ट्रिय टिममा रहेर देश विदेशमा आयोजना हुने राष्ट्रियरअन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर दर्जनौँ पदक जितेका यादवले सातौँ साफमा स्वर्ण पदक जितेपछि राज्यबाट दुई लाख ६५ पाएको बताए । त्यसबाहेक राज्यले मलाई फर्केर हेर्न चाहेनु यादवले गुनासो गरे। 

अझै पनि आवश्यक सन्तुलित खाना र व्यायाम गर्ने समय पाउने हो भने यादवलाई  कुस्ती खेलका लागि केही गर्ने धोको छ। सरकारले अवसर दिएमा कुस्तीका नयाँ खेलाडीलाई कुस्ती खेलाउन सक्छुु उनले भने । - रासस

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्