तराईमा होली पर्व मनाइदै, सुरक्षा कडा ।
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, २२ फाल्गुन ।
सिरहा सहित तराईका जिल्लाहरुमा शुक्रबार फागू अर्थात होली पर्व मनाइदैछ । रङगहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङगी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । आज विहानैदेखि सामाजिक सदभाव, हर्ष साटासाट गर्दै होली मनाइदैछ । बजार, बसपार्क, चोक लगायतका स्थानमा चहल पहल बढेको हो । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उदे्ेश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लाद सहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङग पुराणमा उल्लेख छ । यसैको सम्झना स्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृतिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ । होली लक्षित सुरक्षा व्यवस्था आज बिहानै देखि थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी जानकारी दिए । विषेश गरेर होलीको बहानामा फोहोर पानी शरीरमा फाल्ने, ईच्छा विपरीत रंग दल्ने, लोला हान्ने लगाएतका मानवीय मर्यादा विपरीत काम गर्ने र पर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा गलत गतिविधी गर्नेहरुलाई तत्काल पक्राउ गरी कारबाही गरिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडा बताए । होलीको समयमा विभिन्न आवान्छित घटना तथा दुर्घटना हुन सक्ने भएकोेले त्यसमा सचेत हुन पनि प्रहरीले सबैलाई आग्रह गरेको छ । यता, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायब उपरिक्षक बालकृष्ण श्रेष्ठ नेपाल प्रहरीसंग सहकार्य गरेर कुनै अप्रिय घटना हुन नदिनका लगि आफ्नो सम्पुर्ण जनशक्ति परिचालन गरेको बताएका हुन् । सरकारले हिजो होली मनाइने ५४ जिल्लामा र आज तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्