सिरहामा राप्रपाभित्र तिब्र विवाद
Advertise Here Book Now
रामनारायण पंडित
सिरहा, २८ फागुन । राप्रपा जिल्ला कार्य समिति सिरहामा विवाद देखिएको छ । फाल्गुन २६ गते भएको जिल्ला अबिधेशनले महेश लाल महासेठको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको भएपनि अर्को पक्षले अबैधानिक रुपमा बैठक गरेको आरोप लागेको छ ।
फाल्गुन १० गते आफु पार्टीको कार्यबाहक अध्यक्ष भएको हैसियतले सुरेन्द्र प्रसाद यादब अबैधनिक रुपमा जिल्ला कार्य समितिका केहि पदाधिकारी तथा जिल्ला सदस्यको बैठक बोलाईएकोले उक्त काम पार्टीको बिधान बिपरित र अबैधानिक रहेको भन्दै विहिबारको लागि बोलाईको बैठकको भत्र्सना गर्दै बहिष्कार गरेको राप्रपाका सिरहा जिल्ला सचिब राजकुमार यादबद्धारा जारी बिज्ञीप्तमा उल्लेख गरिएको छ ।

