स्वाइन फ्लु रोक्न सिरहाको तीन नाकामा हेल्प डेस्क स्थापना
Advertise Here Book Now
सिरहा, २१ फागुन । भारतसँग सीमा जोडिएको सिरहाको तीन नाकामा जिल्ला स्वास्थ्य कार्यालयले स्वाइन फ्लुबारे चेतना जगाउन हेल्प डेस्क स्थापना गरेको छ । मुख्य भन्सार नाका माडर, बरियारपट्टी र ठाडीमा हेल्प डेस्क स्थापना गरिएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख दयाशंकरलाल कर्णले भारतमा स्वाइन फ्लुको संक्रमण बढदै गएको र जिल्लाबासी तथा भारतीय नागरिक रोजगारी, किनमेल, नातासम्बन्धमा नेपाल र भारत जाने आउने क्रम निरन्तर चलिरहेकोले सचेतना अपनाइएको बताए । -sanopati.com

