हिरोइनहरुले रङ दल्दै नाचेर यसरी मनाए होली (फोटो फिचर)
Advertise Here Book Now
काठमाडौं, २१ फागुन – आज फागू पुर्णिमा अर्थात होली । काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रका वासिन्दाले धुमधामसँग मनाएका छन् । काठमाडौंमा बिभिन्न समूहमा बिहीबार विहानैदेखि होली खेलिएको छ । होली खेल्नेमा कलाकारहरुको छुट्टाछुट्टै समूह थियो । मण्डला थिएटरमा गरिएको होली विशेष कार्यक्रममा अभिनेत्रीहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी, बेनिसा हमाल लगायतले होली खेले । त्यस्तै अभिनेता दयाहाङ राई, निश्चल बस्नेत लगायत थुप्रै चलचित्र कलाकारहरुले आपसमा रङ दलेर होली मनाए । उनीहरुले बिभिन्न थरीका गीतमा धेरैबेर नाचगान पनि गरे । त्यसैगरी महाराजगंजस्थित रेड स्टुडियोमा पनि चलचित्र कलाकार तथा निर्देशकहरुले होली खेलेका छन् । त्यहाँ अभिनेत्री रेखा थापा, अभिनेता आर्यन सिग्देल, रमेश उपे्रती, दिवस उप्रेती लगायत भेला भएका थिए । त्यस्तै निर्देशक आकाश अधिकारी, सुरेशदर्पण पोखरेल लगायत पनि त्यहाँ होली खेल्न पुगेका थिए । उनीहरुले आपसमा रङ दलेर र नाचगान पनि गरेका थिए । कलाकारहरुले मनाएको होलीको केही तस्बिर हेर्नुहोस् :






तस्वीर :चक्रपथ







तस्वीर :चक्रपथ 
